प्रतिपक्ष दलले समय मागेपछि प्रतिनिधिसभा बैठक बस्न ढिलाई

काठमाडाैं | जेठ ४, २०८१

प्रतिपक्ष दलले समय मागेपछि प्रतिनिधिसभा बैठक बस्न ढिलाई

काठमाडौं:     प्रतिनिधिसभाको बैठक ढिलोगरी सुरु हुने भएको छ।  शुक्रबार बिहान ११ बजेका लागि बोलाइएको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस लगायतका दलले केही समय माग गरेकाले केही समय ढिलोगरी सुरु हुने भएको सभामुखको सचिवालयले जनाएको छ। 


यसअघि बिहीबार बोलाइएको प्रतिनिधिसभा बैठकमा नेपाली कांग्रेसले नाराबाजी गरेको थियो। कांग्रेसको नाराबाजीपछि संसद् बैठक आजका लागि स्थगित गरिएको थियो। 


सहकारी प्रकरणमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेसमेतको संलग्नता भएको भन्दै नेपाली कांग्रेसले संसदीय छानबिन समिति बनाउन माग गरिरहेको छ। 


समिति बनाउन दलहरू तयार भएपनि टीओआर ९कार्यादेश० कस्तो हुने भन्ने कुरामा सहमति हुन नसक्दा दलहरूबीच थप समस्या उत्पन्न भएको छ।

काठमाडौं:   ‘घरज्वाइँ’ फेम्ड निर्देशक अनिल बुढामगरको दोस्रो कथानक फिल्म ‘मीतज्यू’ को निर्माण सुरु भएको छ । शनिबारदेखि फिल्मको अभिनय कार्यशाला सुरु भएको छ ।   कार्...

थप पढ्नुहोस्

काठमाडौं: मिराज ढुंगाना नेतृत्वको जेनजी समूहले भोलि संयुक्त आन्दोलन गर्ने घोषणा गरेको छ।   आइतबार पत्रकार सम्मेलन गर्दै जेनजी समूहले सडकमा रहेका सबै जेनजी अभियन्ता,घाइते तथा सहिद परिवारलाई समेटे...

थप पढ्नुहोस्

पोखरा:   तमु समुदायको मुख्य पर्व ल्होछार/ल्होसारको अवसरमा कास्कीको माछापुच्छ्रे गाउँपालिका ८/९ स्थित घलेलमा २७ औं घलेल ल्होछार उत्सव हुने भएको छ ।   बौद्ध सृजना युवा क्लबको आयोजनामा आगामी ...

थप पढ्नुहोस्